Nepal's Trusted Health Online Portal

बाँकेका २५ वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु, नेपालमा मृतक २ पुगे

Get real time updates directly on you device, subscribe now.

४ जेठ, काठमाडौं । आइतबार बिहान बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका २५ बर्षीय युवामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ । आइतबारको नियमित अपडेटमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले युवकको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको जानकारी दिएका छन् ।

संक्रमित ती युवकको आइतबार विहान ६ः४० बजे मृत्यु भएको थियो । मृतक युवक बैशाख ३० गते भारतबाट नेपाल आएर नरैनापुरको दीपेन्द्र मा.वि. भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका थिए । क्वारेन्टाइनमा बस्ने क्रममा स्वासप्रश्वासमा समस्या भएको थियो ।

यो सँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि धुलिखेल अस्पतालमा मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीय महिलामा पहिलो पटक कोभिड–१९ को संक्रमण पुष्टि भएको थियो ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.