४ जेठ, काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिले जारी लकडाउनलाई अझै लम्ब्याउन सिफारिस गरेको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको समितिको आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउनुको विकल्प नभएको निष्कर्ष निकालेको छ ।
सरकारले गत चैत ११ गतेबाट निरन्तर लकडाउन जारी राखेको छ । लकडाउन केही खुकुलो पार्ने विषयमा विभिन्न समयमा छलफल चलिरहेपनि कोरोना संक्रमित दिनानुदिन बढ्दै गइरहेको र कोरोनाको कारण २ संक्रमितको ज्यान नै गएपछि लकडाउन थप्नै पर्ने निष्कर्षमा समिति पुगेको हो ।
बैठकमा जेठ २० गते सम्म लकडाउन लम्ब्याउने विषयमा छलफल चलेको स्रोतले बताएको छ ।