Nepal's Trusted Health Online Portal

आइतबार साँझ थप ३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २९५ पुग्यो

धनकुटा र मोरङमा पनि फैलियो कोरोना भाइरस

Get real time updates directly on you device, subscribe now.

४ जेठ, काठमाडौं । नेपालमा आइतबार साँझ थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । धनकुटाका १ र मोरङका २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानको प्रयोगशालामा गरिएको थ्रोट स्वाब परीक्षणबाट उनीहरु ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थपिएका नयाँ संक्रमितहरुमा धनकुटा जिल्ला निवासी ३४ बर्षीय महिला, मोरङको विराटनगर निवासी २९ बर्षीय महिला र ३६ बर्षीय पुरुष रहेका छन् । मोरङ र धनकुटामा आज पहिलो पटक संक्रमित फेला परेका हुन् । धनकुटाकी संक्रमित धनकुटा जिल्ला अस्पतालमा कार्यरत नर्स रहेको खुलेको छ ।

यसअघि आइतबार बिहान मृत्यु भएका बाँकेका युुवकमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

अन्य नयाँ संक्रमितहरु सबै जना अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समिर कुमार अधिकारीले जानकारी दिएका छन् ।

यससँगै नेपालभर कोरोना संक्रमितहरुको संख्या २९५ पुगेको छ । २ जना संक्रमितकोे शनिबार र आइतबार मृत्यु भएको छ । संक्रमितहरुमध्ये ३६ जना निको भएका छन् । अन्य संक्रमितहरु सबै उपचाररत रहेका छन् । उपचाररत सबैको स्वास्थ्य स्थिति सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.