Nepal's Trusted Health Online Portal

रौतहट र बाराका थप ९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३०४ पुग्यो

Get real time updates directly on you device, subscribe now.

५ जेठ, काठमाडौं । नेपालमा सोमबार बिहान थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । रौतहट जिल्लाका ८ र बारा जिल्लाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थ्रोट स्वाब परीक्षणबाट उनीहरु ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थपिएका नयाँ संक्रमितहरुमा रौतहट जिल्ला इशनाथ नगरपालिका–०२, ०३, ०६ र ०९ निवासी २१, २१, २३, २५, २५, २९, ३० बर्षीय पुरुषहरु र रौतहट माधबनारायण नगरपालिका ०३ निवासी २८ बर्षीय महिला तथा बारा जिल्ला करैयामाई–०५ निवासी ३८ बर्षीय पुरुष रहेका छन् ।

संक्रमितहरु सबै जना अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समिर कुमार अधिकारीले जानकारी दिएका छन् ।

यससँगै नेपालभर कोरोना संक्रमितहरुको संख्या ३०४ पुगेको छ । २ जना संक्रमितको मृत्यु भएको छ । संक्रमितहरुमध्ये ३६ जना निको भएका छन् । अन्य संक्रमितहरु सबै उपचाररत रहेका छन् । उपचाररत सबैको स्वास्थ्य स्थिति सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.