जेठ ४, काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं १२ अन्तर्गतको तेञ्जिङ्ग चोक देखी फैंका चोक सम्मको क्षेत्र सिल गरिएको छ ।
बूढानीलकण्ठ नगरपालिका वडा नं १२ अन्तर्गत तेञ्जिङ्ग चोकमा बस्ने एक महिलामा कोरोना संक्रमण देखिएपछि तेञ्जिङ्ग चोक देखी फैंका चोकसम्म सिल गरिएको वडा नं १२ कार्यालयले सुचना जारी गरेको छ ।
सिल गरिएको क्षेत्रमा कोही पनि व्यक्तिलाई घरबाट निस्कन तथा हिँडडुल गर्न निषेध गरिएको छ । वडाले स्वास्थ्य समस्या लगायत अत्यावश्यक कामका लागि वडाका प्रतिनिधीहरुलाई सम्पर्क गरेर मात्र निस्कन पाउने व्यवस्था गरेको छ ।
साथै बूढानीलकण्ठ नगरपालिका वडा नं १०, ११ र १२ का जनप्रतिनिधीहरुको संयुक्त बैठकले जेठ ५ गते मध्यरातबाट तीन ओटै वडा सिल गर्ने तयारी भइरहेको सूचनामा उल्लेख छ ।
