Nepal's Trusted Health Online Portal

बाँकेमा एकैपटक थपिए ४७ कोरोना संक्रमित, संक्रमित संख्या ३५१ पुग्यो

Get real time updates directly on you device, subscribe now.

५ जेठ, काठमाडौं । बाँके जिल्लामा सोमबार दिउँसो एकैपटक ४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितहरु ४६ जना पुरुष र १ जना महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ

भेरी अस्पतालको प्रयोगशालामा गरिएको थ्रोट स्वाब परीक्षणबाट उनीहरु ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालभर कोरोना संक्रमितहरुको संख्या ३५१ पुगेको छ । २ जना संक्रमितको मृत्यु भएको छ । संक्रमितहरुमध्ये ३६ जना निको भएका छन् । अन्य संक्रमितहरु सबै उपचाररत रहेका छन् । उपचाररत सबैको स्वास्थ्य स्थिति सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.