Nepal's Trusted Health Online Portal

नेपालभर ३५७ जनामा कोरोना संक्रमण, गुल्मीमा पनि संक्रमण फैलियो

सोमबार मात्रै ६२ जना कोरोना संक्रमित थपिए

Get real time updates directly on you device, subscribe now.

५ जेठ, काठमाडौं । नेपालमा सोमबार अपरान्ह सम्ममा जम्मा ३५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार दिउँसो बाँकेमा मात्र एकैपटक ४७ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै गुल्मी जिल्लामा पनि पहिलो पटक कोरोनाको संक्रमित भेटिएको छ । गुल्मीमा ४१ बर्षीय एकजना शिक्षकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनी गत जेठ १ गते मात्रै निमोनिया भएपछि अस्पतालको आईसियूमा उपचाररत रहेको बताईएको छ । उनलाई कसरी कोरोना संक्रमण भयो भन्ने खुल्न सकेको छैन ।

त्यस्तै धादिङ, रौतहट, धनुषा, दाङ र मोरङका १/१ जना १८ देखि ३६ बर्ष उमेर समुहका व्यक्तिहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालका ७७ मध्ये ३१ जिल्लामा कोरोना भाइरस फैलिएको छ ।

यससँगै नेपालभर कोरोना संक्रमितहरुको संख्या ३५७ पुगेको छ । सोमबार मात्रै ६२ जना कोरोना संक्रमित थपिएका छन् । २ जना संक्रमितको मृत्यु भएको छ । संक्रमितहरुमध्ये ३६ जना निको भएका छन् । अन्य संक्रमितहरु सबै उपचाररत रहेका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.