Nepal's Trusted Health Online Portal

कर्णाली प्रदेशको दैलेख सहित १८ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३७५ पुग्यो

कर्णाली प्रदेशमा पहिलो पटक संक्रमित फेला

Get real time updates directly on you device, subscribe now.

५ जेठ, काठमाडौं । नेपालमा सोमबार राति पुनः १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । धनुषा जिल्लाका २, खोटाङका १, बाँकेका १२, दैलेखका १, सुनसरीका १ र झापाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान, भेरी अस्पताल धरान र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको थ्रोट स्वाब परीक्षणबाट उनीहरु १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थपिएका नयाँ संक्रमितहरुमा धनुषा जिल्ला निवासी २ जना पुरुषहरु, खोटाङ जिल्ला हलेसी निवासी १ जना पुरुष, बाँके जिल्ला नरैनापुर निवासी १२ जना पुरुषहरु, दैलेख, आठबिस–१ निवासी १ जना पुरुष, सुनसरी निवासी १ जना पुरुष र झापा निवासी १ जना पुरुष रहेका छन् ।

दैलेखमा १ जनामा कोरोना पुष्टि भएसँगै कर्णाली प्रदेशमै पहिलो पटक कोरोना संक्रमित देखिएको छ । यसअघि सात प्रदेश मध्ये कर्णाली प्रदेशमा मात्र कोरोना संक्रमण फैलिएको थिएन ।

त्यस्तै खोटाङमा पनि आज पहिलो पटक कोरोना संक्रमित देखिएको छ । खोटाङका संक्रमित युवक काठमाडौंबाट खोटाङ गएको खुलेको छ । काडमाडौंमा उनी सहकारीको पैसा संकलन गर्ने काम गर्दथे ।

संक्रमितहरु सबै जना अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समिर कुमार अधिकारीले जानकारी दिएका छन् ।

यससँगै नेपालभर कोरोना संक्रमितहरुको संख्या ३७५ पुगेको छ । २ जना संक्रमितको मृत्यु भएको छ । संक्रमितहरुमध्ये ३६ जना निको भएका छन् । अन्य संक्रमितहरु सबै उपचाररत रहेका छन् । उपचाररत सबैको स्वास्थ्य स्थिति सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.