Nepal's Trusted Health Online Portal

सातै प्रदेशका ३४ जिल्लामा कोरोना फैलियो, सोमबार एकैदिन ८० जनामा संक्रमण

Get real time updates directly on you device, subscribe now.

५ जेठ, काठमाडौं । सोमबार दिनभरीमा ८० जना कोरोना भाइरसको संक्रमित थपिएका छन् । यससँगै हालसम्म ३७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोमबार देखी देशको सबै प्रदेशमा कोरोना फैलिएको छ ।

स्वास्थ्य मन्त्रालयले बिहान ९ जना, दिउँसो ५३ जना र राति १८ जना गरी सोमबार एकैदिन ८० जना नयाँ कोरोना संक्रमितको विवरण सार्वजनिक गरेको छ ।

सोमबार थप ३ नयाँ जिल्लाहरुमा कोरोना संक्रमण देखिएको छ । गुल्मी, खोटाङ र दैलेख जिल्लामा आज पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।

दैलेखमा १ जनामा कोरोना पुष्टि भएसँगै कर्णाली प्रदेशमै पहिलो पटक कोरोना संक्रमित देखिएको छ । यसअघि सात प्रदेश मध्ये कर्णाली प्रदेशमा मात्र कोरोना संक्रमण फैलिएको थिएन ।

त्यस्तै खोटाङमा पनि आज पहिलो पटक कोरोना संक्रमित भेटिएको छ । खोटाङका संक्रमित युवक काठमाडौंबाट खोटाङ गएको खुलेको छ । काडमाडौंमा उनी सहकारीको पैसा संकलन गर्ने काम गर्दथे ।

गुल्मीमा देखिएका कोरोना संक्रमितको अवस्था भने गम्भिर रहेको जनाइएको छ । अन्य संक्रमितहरुको भने स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समिर कुमार अधिकारीले जानकारी दिएका छन् ।

यससँगै नेपालभर कोरोना संक्रमितहरुको संख्या ३७५ पुगेको छ । २ जना संक्रमितको मृत्यु भएको छ । संक्रमितहरुमध्ये ३६ जना निको भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.