६ जेठ । रोल्पा अस्पतालको आइसोलेसनमा उपचाररत एक युवकको मृत्यु भएको छ । मृगौलाको रोगी रोल्पा नगरपालिका–०१ का २२ बर्षीय युवक नियमित डायलाइसिस गराईरहेका थिए ।
डायलाइसिस गराएर रोल्पा फर्किएपछि उनलाई आइतबार बेलुकीदेखि रोल्पा अस्पतालको आइसोलेसनमा राखिएको थियो । मृतक युवक काठमाडौंमा नियमित डायलाइसिस गराउँदै आएका थिए ।
मृतक युवकमा कोरोना भाइरसको संक्रमण भएननभएकोबारे परीक्षण गर्न नमुना संकलन गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठानको प्रयोगशाला पठाइएको रोल्पा अस्पताल श्रोतले बताएको छ ।