Nepal's Trusted Health Online Portal

प्रधानमन्त्रीले भने, ‘सभामुख महोदय उभिएर बोल्न गाह्रो भयो’

Get real time updates directly on you device, subscribe now.

६ जेठ, काठमाडौं । मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा संसदमा सम्बोधन गरिरहेका छन् ।

प्रतिनिधी सभालाई सम्बोधन गर्ने क्रममा उभिएर बोल्न गाह्रो भएपछि प्रधानमन्त्री ओलीले सभामुखलाई बस्ने व्यवस्था हुन्छ ? भनी आग्रह गरे । स्वास्थ्यका कारण उभिएर बोल्न गाह्रो भएपछि ओलीले सभामुखलाई स्वास्थ्यका कारण उभिएर बोल्न गाह्रो भयो, अपरेसनपछि खुट्टामा समस्या भएको छ, बसेर बोल्न मिल्दैन भनी सोधेका थिए ।

लगत्तै सभामुख अग्नी प्रसाद सापकोटाले बसेर सम्बोधन गर्ने व्यवस्था मिलाउन महासचिवलाई निर्देशन दिए । सभामुखले तल सिटमै गएर बोल्न सहज हन्छ त ? भनेर पनि सोधे तर प्रधानमन्त्रीले अगाडीबाट बोल्दा सबैतिर देखिने भनेर रोष्टमबाटै बोल्ने इच्छा व्यक्त गरे । संसद कर्मचारीहरुले बसेर बोल्नका लागि कुर्सीको व्यवस्था गरिहाले ।

प्रधानमन्त्री ओलीको करिब साढे २ महिना अघि गत फागुन २१ गते दोस्रो पटक मृगौला प्रत्यारोपण गरिएको थियो । चिकित्सकहरुले आराम गर्नुपर्ने भने पनि प्रधानमन्त्री ओली कार्यसम्पादनमा सक्रिय भइरहेका छन् ।

प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले रोष्टम अघि बसेरै सम्बोधन गरिरहेका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.