Nepal's Trusted Health Online Portal

कोरोनाबाट कसैको मृत्यु नहोस् भन्ने सरकारी प्रयास असफल भयोः प्रधानमन्त्री

Get real time updates directly on you device, subscribe now.

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणबाट कसैको मृत्यु नहोस् भन्ने सरकारको प्रयास विफल भएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रमका सन्दर्भमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले कोरोनाको संक्रमणका कारण अरुले ज्यान गुमाउन नपरोस् भनेर सरकारले उच्च सतर्कता अपनाइरहेको भन्दै भाइरसका विरुद्ध प्रतिरोधी क्षमताको विकासमा जोड दिएको बताएका छन् ।

ओलीले कोरोना संक्रमितहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै विषम परिश्थितिमा खटिने सबैलाई धन्यवाद दिएका छन् । उनले मानवजातीले कोरोना पराजित गर्ने र मानवजातीको विजय भई कोरोना मुक्त विश्व हुनेछ भन्ने विश्वास पनि व्यक्त गरेका छन् ।

नेपालमा मंगलबार सम्ममा कोरोना भाइरसको संक्रमणका कारण २ जनाको ज्यान गएको पुष्टि भएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.