Nepal's Trusted Health Online Portal

काठमाडौं सहित १३ जिल्लाका थप २७ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४०२ पुग्यो

रामेछाप, सिन्धुली र लमजुङमा पहिलो पटक संक्रमित भेटिए

Get real time updates directly on you device, subscribe now.

६ जेठ, काठमाडौं । नेपालमा मंगलबार दिउँसो २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितहरु १७ देखि ४२ बर्ष उमेरसमुहका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंका ३, भक्तपुरका १, ललितपुरका १, झापाका ९, कपिलवस्तुका ४, सर्लाहीका २ तथा मोरङ, सुनसरी, मकवानपुर, रामेछाप, सिन्धुली,  लमजुङ र नवलपरासीका एकएक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रामेछाप, सिन्धुली र लमजुङमा आज पहिलो पटक कोरोना संक्रमित भेटिएको छ । यससँगै अब देशभरीका ३८ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

यससँगै नेपालभर कोरोना संक्रमितहरुको संख्या ४०० नाघेको छ । २ जना संक्रमितको मृत्यु भएको छ । संक्रमितहरुमध्ये ३७ जना निको भएका छन् । अन्य संक्रमितहरु सबै उपचाररत रहेका छन् । उपचाररत सबैको स्वास्थ्य स्थिति सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.