Nepal's Trusted Health Online Portal

इच्छुकले अबदेखि शुल्क तिरेर कोरोना परीक्षण गर्न पाइने

Get real time updates directly on you device, subscribe now.

६ जेठ, काठमाडौं । स्वास्थ्य मन्त्रालयले स्वेच्छुक रुपमा शुल्क तिरेर कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्न पाउने निर्णय गरेकोे छ ।

अब लक्षण नदेखिएकाहरुले पनि सार्वजनिक स्वास्थ्य संस्थाहरुमार्फत सशुल्क आरडिटी तथा पिसिआर परीक्षण गर्न सक्ने मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिएका छन् ।

परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तोकेको मापदण्डको पालना गर्नुपर्नेछ । साथै सुचनाको गोपनियता कायम राख्नुपर्नेछ भने नियमित रिपोर्टिङ गर्नुपर्नेछ ।

नेपालमा कोरोना भाइरस परीक्षणको सरकारी प्रोटोकलका कारण पनि लक्षण नभएकाहरुको कोरोना परीक्षण गर्न सहज थिएन । यसअघि मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको मृत्यु पश्चात मात्र कोभिड–१९ भएको खुलेको थियो ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.