६ जेठ, काठमाडौं । मंगलबार ललितपुरमा देखिएका संक्रमित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका चिकित्सक रहेको खुलेको छ ।
मंगलबार दिउँसो स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको २७ जना नयाँ कोरोना संक्रमितहरुको सुचीमा ललितपुरका एक थिए ।
स्रोतका अनुसार, संक्रमित चिकित्सक कपिलवस्तु र रुपन्देही जिल्लाका कोरोना संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङका लागि खटिएका थिए । कन्ट्याक्ट ट्रेसिङ सकेर फर्किएपछि परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको हो ।
उनी कन्ट्याक्ट ट्रेसिङपछि ललितपुर फर्किएर क्वारेन्टाइनमा बसेका थिए ।