७ जेठ, काठमाडौं । काठमाडौंका दुई जना प्रहरीलाई कोरोना संक्रमण भएको खुलेको छ ।
महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत एकजना सई र एकजना प्रहरी जवानमा कोरोना पोजिटिभ देखिएको छ । उनीहरु बस्ने ब्यारेकका सबै प्रहरीहरुको पिसिआर परीक्षण गरिने स्रोतले बताएको छ ।
मंगलबार काठमाडौंका ३, भक्तपुरका १, ललितपुरका १ गरी काठमाडौं उपत्यकाका ५ जना नयाँमा संक्रमण पाइएको थियो ।
नेपालभर कोरोना संक्रमितहरुको संख्या ४०२ पुगेको छ । २ जना संक्रमितको मृत्यु भएको छ । संक्रमितहरुमध्ये ३७ जना निको भएका छन् ।