Nepal's Trusted Health Online Portal

झापा र रुपन्देहीका थप ९ जनामा कोरोना संक्रमित पुष्टि, संक्रमित संख्या ४५३ पुग्यो

Get real time updates directly on you device, subscribe now.

८ जेठ, काठमाडौं । नेपालमा बिहीबार अपरान्ह थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । रुपन्देहीका १ जना पुरुष र झापाका ८ जना पुरुषमा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताएका छन् ।

थपिएका नयाँ संक्रमितहरुमा श्रीलङ्कन् गेस्ट हाउस क्वारेन्टाइन लुम्बिनीमा बसेका रुपन्देहीका २७ बर्षीय पुरुष र लक्ष्मी देवकोटा मा.वि. क्वारेन्टाइनमा बसेका झापाका १७, १८, १८, २०, २०, २३, ५२ र ५५ बर्षीय पुरुषहरु रहेका छन् ।

संक्रमितहरु सबै जना अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालभर कोरोना संक्रमितहरुको संख्या ४५३ पुगेको छ भने ३ जना संक्रमितको मृत्यु भएको छ । संक्रमितहरुमध्ये ४९ जना निको भएका छन् । अन्य संक्रमितहरु सबै उपचाररत रहेका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.