Nepal's Trusted Health Online Portal

शुक्रबार बिहान एकैपटक थपिए ३० कोरोना संक्रमित, संक्रमित संख्या ४८७ पुग्यो

Get real time updates directly on you device, subscribe now.

९ जेठ, काठमाडौं । नेपालमा शुक्रबार बिहान एकैपटक थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नवलपरासी, चितवन, कपिलवस्तु र सर्लाहीका ३० जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरु सबै जना अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालभर कोरोना संक्रमितहरुको संख्या ४८७ पुगेको छ । ३ जना संक्रमितको मृत्यु भएको छ । संक्रमितहरुमध्ये ४९ जना निको भएका छन् । अन्य संक्रमितहरु सबै उपचाररत रहेका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.