Nepal's Trusted Health Online Portal

स्वास्थ्य प्रणालीले नै थेग्न नसक्ने गरी संक्रमण बढ्योः स्वास्थ्य मन्त्रालय

Get real time updates directly on you device, subscribe now.

१७ वैशाख, काठमाडौँ । सरकारले कोरोनाको संक्रमण नेपालमा हाल डर लाग्दो गरी फैलिएको भन्दै उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई अपिल गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण तिब्र गतिमा फैलिएको भन्दै सर्वसाधारणका लागि अपिल जारी गरेर जनस्वास्थ्यका मापदण्डहरु संवेदनशील भई कडा रुपमा पालना गर्न गराउन अनुरोध गरेको हो ।

कोभिड १९ संक्रमणका हिसाबले नेपालका अति प्रभावित जिल्ला मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा संक्रमण फैलिने दर डरलाग्दो गरी बढीरहेको मन्त्रालयको भनाइ छ ।

स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शैया उपलब्ध गराउन नसकिने भई सकेको अवस्था रहेकोले सबैलाई संवेदनशील हुन मन्त्रालयले अनुरोध गरेको छ ।

त्यस्तै कुनै पनि मार्गबाट देश विदेश जाने आउने वा आन्तरिक बाह्य पर्यटनका लागि कहि कतै जाने कामहरु पुर्ण रुपमा नगर्न ,नगराउन, कुनै पनि सार्वजनिक स्थलहरुपमा जाने तथा भिडभाड नगर्न र जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीद्धारा हस्ताक्षरित अपिलमा भनिएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.