१७ वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ३३ जना कोरोना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
शुक्रबार ५ हजार ७२७ थपिए सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ लाख २३ हजार १८७ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १५ हजार ९१६ पीसीआर परिक्षण गरिएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा ९२८ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
नेपालमा हालसम्म संक्रमितमध्ये २ लाख ८१ हजार ९५ अर्थात ८६.९ प्रतिशत संक्रमण मुक्त भएका छन् भने ३ हजार २७९ जनाको मृत्यु भइसकेकोे छ ।