Nepal's Trusted Health Online Portal

सबै जिल्लाका एम्बुलेन्सलाई एकीकृत रुपमा परिचालन गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

Get real time updates directly on you device, subscribe now.

१७ वैशाख, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले कोरोना संक्रमण बढेर व्यवस्थापन चुनौती बढेको भन्दै सबै जिल्लाहरुमा रहेका एम्बुलेन्सहरुलाई एकीकृत रुपमा सञ्चालन गर्न आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख डा.समिर कुमार अधिकारी हस्ताक्षरित पत्रमा कोरोना संक्रमण बढ्दै गएर व्यवस्थापन चुनैती थपिएको तथा संक्रमितलाई अस्पताल पुर्‍याउन समस्या भइरहेकोले सबै जिल्लाहरुबाट सञ्चालित एम्बुलेन्सहरु एकीकृतरुपमा परिचालन गर्न आग्रह गरिएको छ ।

पत्रमा जुनसुकै निकायहरुबाट सञ्चालित एम्बुलेन्स जिल्ला भित्र एकीकृत रुपमा ठाउँ अनुसार १०२ नम्बर वा प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रमार्फत परिचालन गर्न अनुरोध गरिएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.