१७ वैशाख, काठमाडौँ । नेपालमा गत २४ घण्टामा थप ३३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार २७९ पुगेको छ । संक्रमितमध्ये १.२ प्रतिशतको मृत्यु भएकोे छ ।
पछिल्लो २४ घण्टामा देशभरी ५ हजार ७२७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ९२८ जना संक्रमित निको भएका छन् ।