१७ वैशाख, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा भित्र २ हजार ९५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा २ हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
शुक्रबार देशभरी ५ हजार ७२७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ३३ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै ९२८ जना भने कोरोना संक्रमण मुक्त भएका छन् ।
नेपालमा हालसम्म संक्रमितमध्ये २ लाख ८१ हजार ९५ अर्थात ८६.९ प्रतिशत संक्रमण मुक्त भएका छन् भने ३ हजार २७९ जनाको मृत्यु भइसकेकोे छ ।