Nepal's Trusted Health Online Portal

बालबालिकालाई सोमबार र मंगलबार भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

Get real time updates directly on you device, subscribe now.

२२ असार, काठमाडौं । सरकारले मुलुकभरी पाँच बर्षसम्मका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम गरिरहेको छ । आज सोमबार खान छुटेका बालबालिकालाई भने भोलि मंगलबार पनि खुवाइने छ ।

सरकारले हरेक बर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यसअघि गत वैशाख ६ र ७ गते तय गरिएको यो कार्यक्रम कोरोना महामारीका कारण देश लकडाउनमा गएपछि स्थगित गरिएको थियो ।

स्वास्थ्य सेवा विभाग, पोषण शाखाले घर नजिकको स्वास्थ्य केन्द्रहरुमा गई बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन अभिभावकहरुलाई अपिल गरेको छ ।

सरकारले २०५३ सालबाट ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको सम्भावित स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरणका लागि भिटामिन ‘ए’ कार्यक्रम सन्चालन गरिरहेको छ ।

बालबालिकालाई भिटामिन ‘ए’ का साथै जुकाको औषधी र बालभिटा पनि खुवाइन्छ । भिटामिन ‘ए’ ६ महिना देखि ५ बर्षसम्मका बालबालिकालाई, जुकाको औषधि १ बर्ष देख ५ बर्षसम्मका बालबालिकालाई र बालभिटा ६ महिना देखि २३ महिनाका बालबालिकालाई खुवाउने गरिएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.