Nepal's Trusted Health Online Portal
Browsing Category

स्वास्थ्य समाचार

तीन अंकमा झर्‍यो कोरोनाका सक्रिय संक्रमित संख्या

१९ चैत, काठमाडौं । नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमित संख्या तीन अंकमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार देशभर ९४२ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा देशभरी ११ जनामा कोरोना भाइरसको संक्रमण…

चिकित्सा शिक्षा आयोग, काठमाडौं विश्वविद्यालय र नोवेल मेडिकल कलेजबीच सहमति, कलेजले अतिरिक्त शुल्क…

१ चैत, काठमाडौं । बिराटनगरस्थित नोबेल मेडिकल कलेज आयोगले निर्धारण गरेकै शुल्क अनुरुप पठनपाठन सुचारु गर्न सहमत भएको छ । काठमाडौं विश्वविद्यालय अन्र्तगत शैक्षिक सत्र २०७७/०७८ का लागि एमबीबीएस कार्यक्रममा भर्ना भएका र शिक्षण शुल्कको विषयमा…

२४ घण्टामा ५८ जनालाई कोरोना संक्रमण, १४८ संक्रमणमुक्त

२९ फागुन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ५८ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै १४८ जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ५३९ आरटी…

फाइजर खोपले घटायो बालबालिकामा ओमिक्रोन भाइरसको जोखिम

२८ फागुन । कोभिडविरुद्धको फाइजर खोपले बालबालिकामा ओमिक्रोन सङ्क्रमणको जोखिम उल्लेखनीय रुपमा कम गराएको एक अध्ययनले देखाएको छ । संयुक्त राज्य अमेरिकामा भएको एक अध्ययनले फाइजरको दुई मात्रा खोपले यो सङ्क्रमणमा उल्लेखनीय रुपमा कमी गराएको…

बर्डफ्लु भेटिएपछि काभ्रेको सीमा नाका साँगामा उच्च सतर्कता

२८ फागुन । छिमेकी जिल्ला भक्तपुरको सूर्यविनायक नगरपालिका–१० स्थित एक पोल्ट्री फार्ममा आज बर्डफ्लु भेटिएपछि काभ्रेपलाञ्चोकको सीमानाका साँगामा उच्च सतर्कता अपनाइएको छ । उपत्यकाको पूर्वी नाकाका रुपमा रहेको साँगामा २४ सै घण्टा पशुपक्षीलगायत…

भारतमा थप ३ हजार ६१४ जनामा कोरोना भाइरसको संक्रमण

२८ फागुन, रासस/एएनआई । भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप तीन हजार ६१४ जना सङ्क्रमित भएका छन् । योसँगै देशभरी अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने ४० हजार ५५९ पुगेको छ । संघीय स्वास्थ्य मन्त्रालयले शनिबार…

पूर्ण मात्रा खोप लगाएकाले अस्पतालमा अनिवार्य पीसीआर गर्नु नपर्ने

२७ फागुन, काठमाडौं । सरकारले कोरोना भाइरसको लक्षण नभएका पूर्ण मात्रा खोप लगाइसकेकालाई अस्पतालमा अनिवार्य पीसीआर गर्नु नपर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको फागुन २३ गतेको निर्णयानुसार कोरोना भाइरस संक्रमणको लक्षण…

चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा चैत १८ देखि

२७ फागुन, काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षा चैत १८ गतेदेखि गर्ने भएको छ । आयोगले आगामी चैत १८, २० र २१ गते परीक्षा सञ्चालन गर्ने गरी परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । परीक्षा केन्द्र…

५० वर्ष माथिका नागरिकको मिर्गौला, मुटु, कलेजो लगायतको निशुल्क परीक्षण गरिने

२७ फागुन, काठमाडौं । सरकारले ५० वर्ष माथिका नागरिकहरुको मिर्गौला, मुटु, कलेजो लगायतका रोगहरुको परीक्षण निःशुल्क गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ५० वर्ष भन्दा माथिको उमेर समुहका सबै नागरिकको मिर्गौला, मुटु, कलेजो…

विदेशबाट आउनेले कोरोना नेगेटिभ रिपोर्ट वा पूर्ण मात्रा खोप कार्डमध्ये एक देखाए हुने

२६ फागुन, काठमाडौं । विदेशबाट नेपाल प्रवेश गर्ने यात्रुले कोरोना नेगेटिभ रिपोर्ट वा पूर्ण मात्रा खोप कार्डमध्ये एक देखाए हुने भएको छ । फागुन १६ गतेको मन्त्रिपरिषद् बैठकले हवाई वा स्थल मार्ग हुँदै नेपाल आउने यात्रुले खोप कार्ड वा कोरोना…