Nepal's Trusted Health Online Portal

उपत्यकामा थप ६३७ जनामा कोरोना संक्रमण पुष्टि

Get real time updates directly on you device, subscribe now.

७ असोज, काठमाडाैं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र थप ६ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १८ हजार ६ सय ७५ पुगेको छ ।

उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ४९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

गत २४ घण्टा भित्र उपत्यकामा ३ जनाको मृत्यु भएको छ भने देशभर ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुधबार देशभरी १ हजार १ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै १ हजार ८ सय ९३ जना संक्रमित निको भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.