Nepal's Trusted Health Online Portal

बुधबार ११७२ कोरोना संक्रमित थपिए, १८९३ निको भए

Get real time updates directly on you device, subscribe now.

७ असोज, काठमाडौँ । बुधबार देशभर थप १ हजार १ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ४ सय ९७ नमुना परीक्षण गर्दा ४ सय २६ महिला र ७ सय ४६ पुरुषमा कोभिड पोजिटिभ देखिएको हो ।

योसँगै नेपालभर कोरोना संक्रमितको संख्या ६७ हजार ८ सय ४ पुगेको छ । जसमध्ये ४९ हजार ९ सय ५४ जना निको भइसकेका छन् । अब नेपालमा १७ हजार ४ सय १४ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ८ सय ९३ जना संक्रमितहरु उपचारपछि कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । कोरोना संक्रमण मुक्त हुनेको दर ७३.७ प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

हाल ८ हजार २ सय २८ जना संस्थागत आइसोलेसनमा र ९ हजार १ सय ८६ जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै ७ हजार १ सय ४ जना क्वारेन्टिनमा रहेका छन् ।
नेपालभर बुधबार २२० जना कोरोना संक्रमितहरु आई.सी.यु.मा उपचाररत छन् भने ४३ जना भेन्टिलेटरमा रहेका छन् ।

गत २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकमा १ जना महिला र ६ जना पुरुष रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोलुखुम्बु, रसुवा, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला गरी ६ जिल्ला संक्रमण मुक्त छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.