Nepal's Trusted Health Online Portal

थप ७ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ४३६ पुग्यो

Get real time updates directly on you device, subscribe now.

७ असोज, काठमाडौँ । नेपालमा बुधबार २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा एक जना महिला र ६ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण काठमाडौँमा ६८ वर्षीय एक महिला र १६ वर्षीय एक पुरुष, झापामा ८३ वर्षीय एक पुरुष, सिराहामा ५० वर्षीय एक पुरुष, ललितपुरमा ७४ वर्षीय एक पुरुष, बर्दियामा ३९ र ६४ वर्षीय दुई पुरुषको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४३६ पुगेको छ । संक्रमितमध्ये ०.६४ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.