Nepal's Trusted Health Online Portal

काठमाडौं सनसिटीका १ पुरुष सहित ३ जनामा पुनः कोरोना संक्रमण

Get real time updates directly on you device, subscribe now.

२३ बैशाख, काठमाडौं । कोरोना भाइरसको संक्रमणमुक्त भएर घर फर्किएका काठमाडौंका एक पुरुष सहित रौतहटका एक युवक र वीरगञ्जमा रहेका एक भारतीय नागरिकमा पुनः संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार काठमाडौंको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टका ५२ बर्षका पुरुषमा पुनः संक्रमण भएको हो ।

गत बैशाख ११ गते उनी पाटन अस्पतालबाट डिस्चार्ज भएका थिए । गत ५ चैतमा बेलायतबाट आएका उनी र उनकी ८१ बर्षीया आमालाई बैशाख १ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

पाटन अस्पतालमा एघार दिनको उपचारपछि आमासंगै घर फर्किएका ५२ बर्षीय ती पुरुषको एक सातापछि पुनः परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको स्रोतले बताएको छ ।

त्यस्तै मंगलबार नै निको भएर अस्पतालबाट डिस्चार्ज गरिएका रौतहटका एक युवक र वीरगञ्जमा रहेका एक भारतीय नागरिकमा पनि पुनः संक्रमण भएको पुष्टि भएको छ ।

भारतबाट आएका रौतहटका युवकलाई बैशाख १ गते संक्रमण पुष्टि भएको थियो । पुनः संक्रमित भारतीय नागरिक वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका तीन जना जमाती मध्येका १ हुन् ।

नारायणी अस्पतालमा दुई साता लामो उपचारपश्चात तीन पटक गरिएको परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई १४ गते डिस्चार्ज गरिएको थियो ।

तर स्वास्थ्यमा समस्या देखिएपछि दुबै जना बैशाख २१ गते फेरी अस्पताल गएका थिए । हाल आइसोलेसनमा उपचार गरिरहेका उनीहरु दुबैको कोराना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.