Nepal's Trusted Health Online Portal

विराटनगरको कोरोना अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमित निको भए

बुधबार डिस्चार्ज गर्ने तयारी

Get real time updates directly on you device, subscribe now.

२३ बैशाख, विराटनगर । कोरोना भाइरस संक्रमणपछि विराटनगरमा उपचार गराइरहेका ६ जना भारतीय नागरिक निको भएका छन् । पछिल्लो पटक गरिएको तीनवटा परीक्षणमा कोरोना भाइरस संक्रमण नदेखिएपछि उनीहरुलाई डिस्चार्जको तयारी गरिएको हो ।

उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका भारतीय जमातीमध्ये ५ र ६ वैशाखमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुमध्ये ६ जना निको भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संक्रमण मुक्त भएकाहरुको कोशी अस्पतालको ल्याबमा तीन पटक परीक्षण गरिएको थियो । परीक्षण गर्दा ६ जनाको रिपोर्ट नेगेटिभ आएको कोरोना अस्पताल विराटनगरले जनाएको छ ।

उनीहरुलाई बुधबार बिहान डिस्चार्ज गरिने छ । विराटनगरको कोरोना विशेष अस्पतालमा ३१ जना उपचाररत छन् ।

विराटनगरको कोरोना विशेष अस्पतालमा उदयपुरमा संक्रमण पुष्टि भएका मात्र २८ जना उपचार गराइरहेका छन । बाँकी ३ जनामध्ये दुईजना झापा र एक जना भोजपुरका संक्रमित  हुन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.