Nepal's Trusted Health Online Portal

निको भएपछि घर फर्किए कोशी अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमित

Get real time updates directly on you device, subscribe now.

२४ बैशाख, विराटनगर । कोरोना भाइरस संक्रमणपछि विराटनगरको कोशी अस्पतालमा उपचार गराइरहेका ६ जना भारतीय नागरिक निको भएर घर फकिएका छन् । पछिल्लो पटक गरिएको तीनवटा परीक्षणमा कोरोना संक्रमण नेगेटिभ आएपछि उनीहरुलाई अस्पतालले बुधबार बिहान डिस्चार्ज गरेको हो ।

उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका भारतीय जमातीमध्ये बैशाख ५ र ६ गते गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुलाई विराटनगरको कोरोना विशेष अस्पताल (कोशी अस्पताल)को आइसोलेसनमा राखेर उपचार गरिएको थियो । ती मध्ये ६ जना संक्रमित निको भएका हुन् । निको भएकाहरुलाई अस्पतालले फूलका गुच्छा दिएर बिदाई गरेको छ ।

संक्रमण मुक्त भएकाहरुको कोशी अस्पतालको ल्याबमा तीन पटक कोभिड–१९ परीक्षण गरिएको थियो । परीक्षण गर्दा ६ जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । यसअघि हिँजो उपपचारत ६ जना निको भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जानकारी दिएको थियो

विराटनगरको कोरोना विशेष अस्पतालमा ३१ जना उपचाररत छन् । अस्पतालमा उदयपुरका संक्रमित मात्र २८ जना उपचार गराइरहेका छन् । बाँकी ३ जनामध्ये दुईजना झापा र एक जना भोजपुरका संक्रमित हुन् । उपचाररत अन्यको पनि अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

यता उपचार पछि निको भैसकेका काठमाडौं सनसिटी अपार्टमेन्टका १ पुरुष सहित नारायणी अस्पतालमा उपचार गराएका रौतहटका एक युवक र वीरगञ्जमा रहेका एक भारतीय नागरिकमा भने पुनः संक्रमण देखीएको छ । उनीहरुको पुन परीक्षणमा फेरी कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.