Nepal's Trusted Health Online Portal

१२० जना संक्रमित र सम्भावित संक्रमितहरु आइसोलेसनमा, ६६ हजार ७७ नमुना परीक्षण गर्दा ८२ जनामा संक्रमण पुष्टि

Get real time updates directly on you device, subscribe now.

२३ बैशाख, काठमाडौं । नेपालमा मंगलबारसम्म ६६ हजार ७७ जनाको आरडिटी तथा पिसिआर दुवै विधिबाट कोरोना भाइरस (कोभिड–१९) परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । परीक्षण गरिएकाहरुमध्येबाट ८२ जनामा संक्रमण पाइएको छ ।

स्वास्थ्य मन्त्रालयको मंगलबारको अपडेट अनुसार हालसम्म पिसिआर विधिबाट १३ हजार ८५० ओटा नमुना परीक्षण गरिएको छ । त्यस्तै आरडिटी विधिबाट ५२ हजार २२७ नमुना परीक्षण गरिएको छ । गत २४ घण्टामा मात्र थप १ हजार ५८२ ओटा नयाँ परीक्षण गरिएको मन्त्रालयका प्रवक्त डा.विकास देवकोटाले जानकारी दिएका छन् ।

प्रादेशिक विवरण अनुसार आरडिटि विधिबाट प्रदेश नं १ मा ६ हजार १२२ नमुना परीक्षण गरिएको छ । त्यस्तै प्रदेश नं २ मा ५ हजार ७७८, बागमती प्रदेशमा ८ हजार ९४०, गण्डकी प्रदेशमा ६ हजार ७४, प्रदेश नं ५ मा ५ हजार १९३, कर्णाली प्रदेशमा ५ हजार ८७६ र सुदुरपश्चिम प्रदेशमा १४ हजार २४४ ओटा नमुना परिक्षण भएका हुन् ।

त्यस्तै आज २१ हजार ९९ जना क्वारेन्टाइनमा बसिरहेको प्रवक्ता डा.देवकोटाले बताएका छन् । जसमध्ये प्रदेश नं १ मा २ हजार १२४, प्रदेश नं २ मा १ हजार २९०, बागमती प्रदेशमा २५८, गण्डकी प्रदेशमा ७२६, प्रदेश नं ५ मा ८ हजार ९२२, कर्णाली प्रदेशमा ३ हजार ७५४ र सुदुरपश्चिम प्रदेशमा ४ हजार २५ जना व्यक्तिहरु क्वारेन्टाइनमा रहेका छन् ।

१२० जना कोरोना भाइरस संक्रमित तथा सम्भावित संक्रमित बिरामीहरु आइसोलेसनमा उपचाररत रहेका छन् । जसमध्ये काठमाडौं उपत्यका भित्र २ र उपत्यका बाहिर ११८ जना रहेका छन् ।

मन्त्रालयले कोरोना सम्बन्धी जानकारी लिनदिन दुईओटा कल सेन्टर ११३३ र १११५ सञ्चालन गरेको छ । जसमा फोन गरेर पनि आफ्ने लक्षणहरुबारे जानकारी दिन सकिनेछ । उक्त कल सेन्टरमा गत चौबिस घण्टामा १ हजार ६९२ ओटा कल प्राप्त भएको डा.देवकोटाले बताएका छन् ।

त्यस्तै मोबाइल एप्लिकेशन ‘हाम्रो स्वास्थ्य’ र वेब पेज covid19.mohp.gov.np मार्फत स्वमुल्याङ्कन फाराम भर्न सकिनेछ । ३२ हजार ८५६ जनाले यसरी स्वमुल्याङ्कन फाराम भरेका छन् । गत चौबिस घण्टामा मात्र ३८८ जनाले स्वमुल्याङ्कन फाराम भरेका छन् । आफुलाई कोरोना भारसको संक्रमण भएनभएको थाहा पाउन यो फाराम भर्न सकिन्छ ।

मन्त्रालयका अनुसार यसरी स्वमुल्याङ्कन फाराम भरेकामध्ये पछिल्लो चौबिस घण्टामा २ जना रेडजोनमा परेका छन् । यो संगै मन्त्रालयले अहिलेसम्म जम्मा ३३० जनालाई रेडजोनमा राखेको छ । रेडजोनमा राखिएकाहरु सम्भावित संक्रमित हुनसक्ने भएकाले उनीहरुलाई मन्त्रालयले निगरानीमा राखिरहेको छ ।

त्यस्तै मंगलबार ७ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितहरु नेपालगञ्ज बाँकेका ३ जना पुरुष, १ जना बालिका र ३ जना महिला रहेका छन् । यो संगै नेपालभर ८२ जना कोरोना संक्रमित पुगेका छन् । संक्रमितहरु ६१ जना पुरुष तथा २१ जना महिला रहेका छन् ।

प्रादेशिक विवरण अनुसार प्रदेश नं १ मा ३१, प्रदेश नं २ मा १३, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश नं ५ मा २४ र सुदुरपश्चिम प्रदेशमा ५ जना व्यक्तिहरुमा संक्रमण भएको छ ।

संक्रमितहरुभध्ये रुपन्देहीमा १ जना, नेपालगञ्जमा २३ जना, धनगढीमा १ जना, भरतपुरमा १ जना, वीरगञ्जमा ९ जना र विराटनगरमा ३१ जना गरी जम्मा ६६ जनाको उपचार भइरहेको छ । १६ जना भने उपचारपछि निको भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार उपचाररत सबैको स्वास्थ्य स्थिति सामान्य रहेको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.