Nepal's Trusted Health Online Portal

संसद भवन छिर्न सांसदहरुको कोरोना परीक्षण

Get real time updates directly on you device, subscribe now.

२५ बैशाख, काठमाडौं । शुक्रबारदेखि संघीय संसदको बर्षे अधिवेशन सुरु हुनेभएपछि प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको कोरोना भाइरस संक्रमण परीक्षण सुरु गरिएको छ ।

कोरोना संक्रमणबाट बच्न सतर्कता अपनाउँदै अधिवेशन बैठकमा सहभागी हुने सांसदहरुको स्वास्थ्य परीक्षण गर्न लागिएको हो ।

संघीय संसद भवन बानेश्वरको ल्होत्से हलमा राष्ट्रिय सभा सांसदहरुको परीक्षण बिहान १० बजेदेखि र प्रतिनिधिसभा सांसदहरुको ११ बजेदेखि पीसिआर विधिबाट कोरोना परीक्षण हुँदैछ ।

आजै सबै सांसदहरुको स्वाब संकलन गरिसक्ने सचिवालयको लक्ष्य छ । सांसदहरुको स्वाब संकलनपश्चात कर्मचारी, मर्यादापालक र पत्रकारहरुको स्वाब संकलन गर्ने प्रबन्ध मिलाइएको छ ।

यसअघि मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सांसदहरुको कोरोना परीक्षण गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको थियो । सोही अनुरुप स्वास्थ्य मन्त्रालयले संसद भवनभित्र छिर्ने सांसद, कर्मचारी लगायतको कोरोना परीक्षणको व्यवस्था मिलाएको हो ।

त्यस्तै प्रतिनिधिसभा बैठकमा उपस्थित रहँदा प्रधानमन्त्री केपी शर्मा ओलीको वरपरका १२ सिट खाली राखिने व्यवस्था मिलाइएको छ । भर्खरै दोस्रो पटक मृगौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीलाई संक्रमणको उच्च जोखिम रहने चिकित्सकहरुको भनाई छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.