Nepal's Trusted Health Online Portal

भरतपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. देजकुमार गौतम

Get real time updates directly on you device, subscribe now.

२५ बैशाख, रासस । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. देजकुमार गौतमलाई नियुक्त गरिएको छ ।

काठमाडौँमा आज बसेको अस्पताल सञ्चालक समितिको बोर्ड बैठकले उहाँलाई नियुक्ति गरेको बोर्ड सदस्य निशा अधिकारीले जानकारी दिनुभयो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीको संयोजत्वमा गठित सिफारिस समितिले डा. गौतमलाई सो पदमा सिफारिस गरेपछि बोर्डले नियुक्त गरेको बोर्ड सदस्य डा अधिकारीले बताउनुभयो ।

सोही अस्पतालमा कार्यरत वरिष्ठ चिकित्सक गौतमलाई तीन वर्षका लागि नियुक्त गरिएको हो । बोर्ड सदस्य डा. अधिकारीका अनुसार उहाँले आजै शपथग्रहण गर्नुभएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.