Nepal's Trusted Health Online Portal

कपिलवस्तुमा पनि भटियो २ जना कोरोना संक्रमित, नेपालमा संक्रमित संख्या १०१ पुग्यो

Get real time updates directly on you device, subscribe now.

२५ बैशाख, काठमाडौं । नेपालमा बिहीबार साँझ थप २ जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमित थपिएका छन् ।

कपिलवस्तुका २ जना युवकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । थपिएका २ जनामा कपिलवस्तु ०८ निवासी १६ र २२ बर्षीय पुरुषहरु रहेका छन् ।

काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परीक्षणबाट उनीहरु २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु दुवैजना अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको पनि मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालभर कोरोना संक्रमितको संख्या १०१ पुगेको छ । संक्रमितमध्ये २२ जना निको भएकामा निको भएका मध्ये फेरी ३ जनामा पुन संक्रमण पाइएको छ । संक्रमितहरु सबै उपचाररत रहेका छन् । उपचाररत सबैको स्वास्थ्य स्थिति सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.