Nepal's Trusted Health Online Portal

नेपालमा कोरोना संक्रमण भयावह हुने लक्षण देखिएको भन्दै सजग हुन प्रधानमन्त्री ओलीको आह्वान

Get real time updates directly on you device, subscribe now.

२५ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना संक्रमण भयावह हुने लक्षण देखिएको भन्दै सबैलाई सजग रहन आह्वान गरेका छन् ।

२५ सय ६४औँ बुद्ध जयन्तीको अवसरमा बिहीबार भिडियो मार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारीको भयावह स्थिति उत्पन्न हुन सक्ने भन्दै सजग हुन आग्रह गरेका हुन् ।

‘सरकारले सुरुदेखि नै चालेका प्रभावकारी कदमहरुका कारण अहिलेसम्म नेपालमा स्थिति भयावह भइसकेको त छैन । तर, भयावह हुनसक्ने लक्षणहरु छन्’ प्रधानमन्त्री ओलीले सन्देश मार्फत भनेका छन् ।

ओलीले थपेका छन्, यदि आफ्नो सतर्कता, आफ्नो तयारी र रोकथाममा हामी सबैको समझदारीपूर्ण ऐक्यबद्धता भएन भने यस महामारीले भयावह रुप लिन सक्दछ ।

नेपालमा हालसम्म ९९ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ । १९ जना निको भएका छन् । २२ जनामा संक्रमण निस्क्रिय भएर अस्पतालबाट डिस्चार्ज गरिएकोमा ३ जनामा भने पुनः संक्रमण देखिएको छ ।

सरकारले आज बैशाख २५ गतेसम्मका लागि गरेको पूर्वघोषित लकडाउनलाई पुनः ११ दिन थप गरेको छ । लकडाउनलाई कोरोना फैलिन नदिने प्रभावकारी उपायको रुपमा सरकारले अथ्र्याउँदै आएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.