डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ त्रिपुराकोटमा रहेको एक क्वारेन्टिनमा बस्दा भूतले तर्साएको भन्दै झाँक्री बोलाएर झारफुक गरिएको छ ।
क्वारेन्टिनमा बस्ने व्यक्तिहरुले रातीको समयमा भूतले तर्साउने गरेको भन्दै झारफुक गराइएको हो । त्रिपुरासुन्दरी नगरपालिका १ त्रिपुराकोटमा पर्ने त्रिपुरा माध्यामिक विद्यालय काटिँयाचौरमा बनाइएको क्वारेन्टिनमा बस्नेले रातभरी अदृश्य आत्माले तर्साउने गरेको बताएका छन् ।
काठमाण्डौबाट घर पुगेर क्वारेन्टीनमा बसेकी एक महिलाले मंगलबार दिनभर रोइ कराई गरी अनौठो ब्यवहार देखाएपछि उनलाई निको पार्न भन्दै धामी झाँक्रीले फुकफाक गरेका थिए । क्वारेन्टाइनमा तर्साएको भन्दै डराएपछि क्वारेन्टाइनमा रहेका पाँचजना महिलालाई अन्यत्र सारिएको छ ।