Nepal's Trusted Health Online Portal

१० दिन लकडाउन थपियो, बैशाख २५ सम्म जारी रहने

Get real time updates directly on you device, subscribe now.

काठमाडौं । सरकारले बैशाख २५ सम्म देशव्यापी लकडाउन लम्ब्याउने निर्णय गरेको छ । आइतबार बसेकोे मन्त्रिपरिषदको बैठकले १० दिन लकडाउन थप्ने निर्णय गरेको हो ।

यसअघि कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउन थप्न सरकारलाई सिफारिस गरेको थियो । लकडाउनकै कारण नेपालमा त्यति ठुलो संख्यामा संक्रमण नफैलिएको र सरकारको मुख्य विकल्प नै लकडाउन रहेको उच्चस्तरीय समन्वय समितिको ठहर छ ।

सरकारले यसअघि भोलि बैशाख १५ गते सम्मका लागि लकडाउनको घोषणा गरेको थियो । सरकारले यसबीचमा संक्रमणको जोखिम न्यूनीकरण नभएको, छिमेकी मुलुकमा संक्रमण नियन्त्रण नभएको लगायतको आधारमा लकडाउनलाई जारी राख्ने निर्णय लिएको हो ।

नेपालमा कोरोनाको दोस्रो संक्रमण देखिएसंगै सरकारले चैत ११ गतेबाट देशव्यापी लकडाउनको घोषणा गरेको थियो । चैत यता यो सम्म सरकारले लकडाउनको मिति ४ पटक थप गरिसकेको छ । दोस्रो पटक थप गरि बैशाख ३ गतेसम्म र त्यसपछि पुन बैशाख १५ गतेसम्मका लागि लकडाउन लम्ब्याएको थियो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी देश भारतमा संक्रमण नरोकिएसम्म लकडाउन नहटाउने भन्दै लकडाउन नै संक्रमण फैलिन नदिने उत्तम विकल्प भएको बताउ्रँँदै आएका थिए ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.