Nepal's Trusted Health Online Portal

झापाका अर्को एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ५२ पुग्यो

Get real time updates directly on you device, subscribe now.

काठमाडौं । नेपालमा आइतबार साँझ थप १ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । संक्रमित झापाका ५० बर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयले बिज्ञप्ति मार्फत जानकारी दिएको छ ।

विराटनगर स्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको स्वाव परीक्षणबाट ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी अहिले अस्पतालको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समिरकुमार अधिकारीले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५२ पुगेको छ । संक्रमितमध्ये १६ जना भने निको भएर घर फर्किसकेका छन् । आइतबार साँझ एक जना संक्रमित थपिएसंगै नेपालमा कोरोना संक्रमणको एक्टिभ केश संख्या ३६ भएको छ । संक्रमितहरु सबै उपचाररत रहेका छन् ।

यसअघि आइतबार दिउँसो नै वीरगञ्जका दुई जना ५० बर्षका पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको थियो । आइतबार मात्र तीन जना नयाँ संक्रमित थपिएका हुन् ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो अपडेट अनुसार हालसम्म आरडिटि र पिसिआर दुवै विधिबाट ५१ हजार ३ सय ६७ जनाको कोरोना परिक्षण गरिएको छ । जसमध्ये ९ हजार ९ सय ३१ जनाको पिसिआर विधि र ४१ हजार ४ सय ३६ जनाको आरडिटि विधिबाट परीक्षण गरिएको हो ।

गत २४ घण्टामा मात्र २ हजार ९६ ओटा नयाँ परीक्षण गरीएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिएका छन् । त्यस्तै आइतबार १७ हजार २५ जना क्वारेन्टाइनमा रहेको पनि डा.विकास देवकोटाले बताएका छन् ।

यस्तैे ११० जना बिरामीहरु आइसोलेसनमा उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा सम्भावित संक्रमित भन्दै ६ जनालाई रेड जोनमा राखिएको छ । कोरोना संक्रमित अन्य उपचाररत सबैको स्वास्थ्य स्थिति सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.