Nepal's Trusted Health Online Portal

रुपन्देही र बाँकेका २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ५९ पुग्यो

Get real time updates directly on you device, subscribe now.

काठमाडौं । नेपालमा शुक्रबार दिउँसो थप २ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । रुपन्देही र नेपालगञ्ज बाँकेका २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरु रुपन्देहीका २५ बर्षीय पुरुष र नेपालगञ्ज बाँकेका ६० बर्षीय पुरुष रहेका छन् । संक्रमित दुवै जना पुरुषहरु अस्पतालको निगरानीमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

आज दुई जना संक्रमित देखिएसंगै प्रदेश नं ५ मा पनि कोरोना भाइरसको संक्रमण फैलिएको छ । यसअघि प्रदेश नं ५ मा कोरोना भाइरसको संक्रमित फेला परेका थिएनन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । संक्रमितमध्ये १६ जना भने निको भइसकेका छन् । शुक्रबार २ जना संक्रमितहरु थपिएसंगै नेपालमा अब जम्मा ४३ जना एक्टिभ संक्रमित रहेका छन् । संक्रमितहरु सबै उपचाररत रहेका छन् । उपचाररत सबैको स्वास्थ्य स्थिति सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.