भारतले २ हप्ता लकडाउन थप्यो, केही खुकुलो हुने
काठमाडौ । भारतमा यही मे ३ देखि अन्त्य हुने भनिएको लकडाउन २ हप्ता थपिएको छ । भातरको गृह मन्त्रालयले शुक्रवार बेलुकी लकडाउन थप्ने निर्णय सार्वजनिक गरेको हो तर थपिएको लकडाउन भने केही खुकुलो हुने जनाइएको छ ।
गृह मन्त्रालयले जारी गरेको प्रेस रिलिजमा लकडाउन लम्ब्याउने निर्णय वृहत छलफल र समीक्षा गरिएको र यसले कोरोना नियन्त्रणमा सहयोगी भूमिका निर्वाह गरेको देखिएकोले २ साता थप्ने निर्णय गरिएको उल्लेख छ ।
लकडाउन थपिएसंगै भारतले विभिन्न क्षेत्रलाई ३ तह वा रंगका आधारमा खुकुलो बनाइएको उल्लेख छ ।
रातो एरियामा लकडाउनको समयमा मानिसको आवत जावतमा नियन्त्रण रहनेछ भने पहेंलो क्षेत्रमा सिमित संख्यामा सवारी आवत जावत गर्न पाउनेछन् । हरियो क्षेत्रमा भने मानिसको आवतजावतमा कुनै रोक नलाग्ने तर सामान्य अवस्था जस्तो नहुने निर्णय गरिएको छ ।
Get real time updates directly on you device, subscribe now.