१९ बैशाख, काठमाडौं । सरकारले विराटनगरमा गर्भवतीलाई अस्पतालबाट निकालिएको घटनाको छानबिन गर्ने भएको छ । कोरोना सम्बन्धी शुक्रबारको नियमित अपडेटमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले घटनाको सत्यतथ्य अनुसन्धान गरी कार्वाही गरिने बताएका छन् ।
प्रसूतिका लागि विराटनगरको नोबल अस्पतालमा मंगलबार भर्ना भएकी उदयपुरकी सरस्वती रौनियारलाई अस्पतालले बुधबार बिहान अप्रेसन थिएटरबाटै निकालेको थियो । अस्पतालले उदयपुर घर भएको कारण रौनियारलाई उपचार गर्न मानेको थिएन ।
शुक्रबारको पत्रकार सम्मेलनमा कोरोना संक्रमित क्षेत्रबाट आएकै कारण सुत्केरी महिलालाई अस्पतालले निकालेको भए त्यस्तो अस्पतालमाथि कारबाही हुने मन्त्रालयका प्रवक्ता डा.देवकोटाले बताएका हुन् ।
देवकोटाले नागरिकको स्वास्थ्य जस्तो संवेदनशील विषयमा सरकार गम्भीर रहेको र आगामी दिनमा यस्तो खालका गल्ती हुन नदिने प्रतिवद्धता समेत जनाए ।