Nepal's Trusted Health Online Portal

नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ५१ पुग्यो

Get real time updates directly on you device, subscribe now.

काठमाडौं । नेपालमा आइतबार दिउँसो २ जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमित थपिएका छन् । वीरगञ्जका २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेश विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

पर्सा वीरगञ्जका दुवै जना ५० बर्षीय पुरुषहरु रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरुको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको स्वाब परीक्षणबाट पिसिआर रिपोर्ट पोजिटिभ आएको हो ।

संक्रमित दुवै जना पुरुषहरु अस्पतालको आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । उनीहरुलाई अहिले नारायणी अस्पतालको आइसोलेसनामा भर्ना गरिएको छ ।

गत चैत ३० गते वीरगञ्ज छपकैयास्थित एक मस्जिदमा रहेका ३ जना भारतीय नागरिकमा कोरोना संक्रमण देखिएको थियो । संक्रमित ती ३ जनाको सम्पर्कमा आएका १८० जनाको स्वाब परीक्षण गरिएको थियो । तिनै १८० जना भध्येका २ जनामा आज कोरोनाको संक्रमण पोजिटिभ देखिएको हो ।

आइतबार दिउँसो २ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ । संक्रमितमध्ये १२ जना भने निको भइसकेका छन् । हाल नेपालमा जम्मा ३९ मात्र एक्टिभ संक्रमित रहेका छन् । संक्रमितहरु सबै उपचाररत रहेका छन् । उपचाररत सबैको स्वास्थ्य स्थिति सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.