काठमाडौं । तीन पटक सम्म र्यापिड टेस्टको रिपोर्ट पाजिटिभ देखिएको वीरगञ्जकी २३ बर्षीय युवतीको आइतबार मृत्यु भएको छ ।
तीन पटक सम्म र्यापिड टेस्टमा पोजिटिभ देखिएपछि उनलाई आइसोलेसनमा राखेर उपचार गर्ने तयारी भइरहेको थियो भने पिसिआर परिक्षणको लागि स्वाब हेटौंडाको प्रयोगशालामा पठाइएको थियो ।
मृतक युवती ब्लड क्यान्सरको पेसेन्ट रहेको बताइएको छ । उनी भरतपुर क्यान्सर अस्पतालबाट बैशाख ९ गते मात्र ४ दिनको उपचार पश्चात डिस्चार्ज भएकी थिइन् । ३ पटक सम्म आरडिटि परीक्षणको रिपोर्टमा कोभिड–१९ को संक्रमण देखिएपछि उनको नारायणी अस्पतालको आइसोलेसनमा उपचारको तयारी भइरहेको थियो । तर उपचारको तयारी भइरहँदा उनको मृत्यु भएको छ ।
मृतक युवतीलाई केही दिनदेखी श्वासप्रश्वासमा समस्या देखिएको थियो । अस्पताल लगिएकी उनलाई कोरोना संग मिल्दोजुल्दो लक्षण देखिएपछि आरडिटि परीक्षण गरिएकोमा ३ पटक सम्म रिपोर्ट पोजिटिभ आएको थियो ।
उनको मृत्यु कोरोनाकै संक्रमणको कारण भएको हो हैन पिसिआर परीक्षणको रिपोर्ट आएपछि मात्र थाहा हुने चिकित्सकहरुले बताएका छन् ।