Nepal's Trusted Health Online Portal

बुधबार बिहानै ३ जना कोरोना संक्रमित थपिए, संक्रमित संख्या ५७ पुग्यो

Get real time updates directly on you device, subscribe now.

काठमाडौं । नेपालमा बुधबार बिहान एकैपटक ३ जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमित थपिएका छन् । वीरगञ्जमा ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

उनीहरुको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको स्वाब परीक्षणबाट पिसिआर रिपोर्ट पोजिटिभ आएको हो । संक्रमितहरु २ जना बारा जिल्ला जितपुर सिमरा र सिम्रौनगढका क्रमशः ४३ र ३१ बर्षीय पुरुष तथा १ जना वीरगञ्ज छपकैयाका ४६ बर्षीय पुरुष रहेका छन् ।

उनीहरु पनि दिल्लीमा भएको तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका मध्येका हुन् । संक्रमित तिनै जना यसअघि वीरगञ्ज इनरुवाका कोरोना संक्रमित संगै दिल्लीको मर्कजबाट फर्किएका थिए । आइतबार मात्रै पर्सा वीरगञ्जकै दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

अहिले संक्रमित तिनै जनालाई अस्पताल लैजाने तयारी भइरहेको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । संक्रमित मध्ये १६ जना भने निको भइसकेका छन् । अब नेपालमा जम्मा ४१ जना एक्टिभ संक्रमित रहेका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.