Nepal's Trusted Health Online Portal

निजि प्रयोगशालाले पनि कोभिड–१९ परीक्षण गर्न पाउने मापदण्ड जारी

Get real time updates directly on you device, subscribe now.

काठमार्डौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजि प्रयोगशालाले पनि कोरोना भाइरस (कोभिड-१९) जाँच गर्न पाउने गरी मापदण्ड जारी गरेको छ । यो संगै निजि प्रयोगशालाले पनि कोरोना भाइरसको पिसिआर परीक्षण गर्न बाटो खुलेको छ ।

मन्त्रालयले कोभिड-१९ परीक्षण गर्ने प्रयोगशालाका न्युनतम मापदण्ड बारे Interim guideline for the  establishment and operationalization of molecular laboratory for COVID-19 नामको निर्देशिका जारी गरेको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताएका छन् । उक्त निर्देशिकामा मापदण्ड पूरा गर्ने निजि प्रयोगशालाले पनि कोभिड १९ को संक्रमण पत्ता लगाउने आरडिटि तथा पिसिआर जाँच गर्न पाउने कुरा उल्लेख गरिएको छ ।

तर कोभिड-१९ परीक्षण सेवा सुरु गर्नका लागि भने निजि प्रयोगशालाहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छुट्टै अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । स्वास्थ्य मन्त्रालयले प्रस्तुत गरेको कोरोना भाइरससम्बन्धी सोमबारको अपडेटमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले उक्त मापदण्डबारे जानकारी दिएका हुन् ।

अहिले सम्म सरकारी प्रयोगशालाहरुले मात्र कोभिड-१९ को परीक्षण गर्दै आएका छन् । सोमबार देखी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि पिसिआर परीक्षण सुरु गरेको छ । यो संगै १६ वटा सरकारी प्रयोगशालाबाट कोभिड–१९ को पिसिआर परीक्षण हुनेछ ।

दैनिक हजारौँको संख्यामा आउने बिरामीको कोभिड-१९ जाँच गर्न कठिनाई उत्पन्न हुनुका साथै सीमित प्रयोगशालामा कोभिड-१९ जाँच गराउन समय लाग्ने लगायतका समस्याहरु अहिले रहेको छ । यो मापदण्ड जारी गरेसँगै निजी क्षेत्रका प्रयोगशालाहरुले पनि पिसिआर परीक्षण सुरु गर्ने बाटो खुलेको छ जसले कोभिड-१९ को परीक्षणलाई सहज बनाउन सक्छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.