Nepal's Trusted Health Online Portal

रौतहटमा थपिए २ जना कोरोना संक्रमित, संक्रमितहरु लकडाउन अवधिमै भारतबाट आएका थिए

Get real time updates directly on you device, subscribe now.

काठमाडौं । नेपालमा मंगलबार दिउँसो २ जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमित थपिएका छन् । लकडाउनकै बेला भारतबाट आएका २ जना युवकहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।

संक्रमितहरु देवाही गोनाही नगरपालिका–१ का ३५ बर्षीय र बृन्दावन नगरपालिकाका २४ बर्षीय पुरुषहरु हुन् । उनीहरु क्रमश गत बैशाख ४ गते दिल्लीबाट र चैत २२ गते कलकत्ताबाट आएका थिए ।

उनीहरुको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको स्वाब परीक्षणबाट पिसिआर रिपोर्ट पोजिटिभ आएको हो । यसअघि बृन्दावन नगरपालिकाका २४ बर्षीय युवकको भने जनपुरमा रहेको पिसिआर मेसिनबाट परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको बताइएको छ । उनको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट पोजिटिभ रिपोर्ट आएको हो ।

अहिले संक्रमित दुवै जनालाई वीरगञ्ज स्थित नारायणी अस्पताल लैजाने तयारी भइरहेको छ । दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको पनि जनस्वास्थ्य कार्यालय रौतहटले जानकारी दिएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । संक्रमितमध्ये १६ जना भने निको भइसकेका छन् । अब नेपालमा जम्मा ३८ जना एक्टिभ संक्रमित रहेका छन् । संक्रमितहरु सबै उपचाररत रहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.