Nepal's Trusted Health Online Portal

चिकित्सक प्रति स्वास्थ्य सचिवको बोली अभद्र र अशोभनीय भन्दै नेपाल चिकित्सक संघको विज्ञप्ति

Get real time updates directly on you device, subscribe now.

काठमाडौं । टेकु अस्पतालका सरुवारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन लक्षित स्वास्थ्य मन्त्रालयका सचिवको अभिव्यक्ति प्रति नेपाल चिकित्सक संघले ध्यानाकर्षण भएको जनाएको छ ।

संघले विषम परिश्थितिमा खटिएका सरुवारोग विशेज्ञ चिकित्सक प्रति स्वास्थ्य मन्त्रालयका सचिव यादव कोइरालाको बोलि अशोभनीय र अभद्र भएको भन्दै गम्भिर रुपमा विचार गरेर मात्र अभिव्यक्ति सार्वजनिक गर्न माग गरेको छ ।

संघले नाम उल्लेख नगरीकनै सरुवारोग विशेज्ञ चिकित्सक प्रति स्वास्थ्य सचिव कोइरालाले संचारमाध्यम मार्फत अत्यन्तै अशोभनीय र अभद्र अभिव्यक्ति दिएको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव यादव कोइरालाले एक सञ्चारमाध्यम मार्फत शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनलाई करारको डाक्टर भन्दै कडा अभिव्यक्ति दिएका थिए ।

“देशभरका सम्पूर्ण स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई अग्रपक्तिंमा रही यो महामारीसंग जुध्नका लागि सार्वजनिक आव्हान भइरहेको अवस्थामा स्वास्थ्य मन्त्रालयको अभिभावकका रुपमा रहेका जिम्मेवार व्यक्तिले नै चिकित्सकहरुलाई विभेदीकरण गर्ने, स्थायी, अस्थायी वा करार भनी भेदभाव गर्ने जस्तो कार्यले स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको मनोवललाई उच्च पार्न नसक्ने र समग्र स्वास्थ्य सेवा प्रवाहलाई नै असर पार्न सक्ने भएको हुँदा यस सम्बन्धमा गम्भिर विचार गरी अभिव्यक्ति सार्वजनिक गर्न नेपाल चिकित्सक संघ माग गर्दछ” विज्ञप्तिमा भनिएको छ ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतका चिकित्सकहरुको स्थायी दरबन्दी न्यून भएको भन्दै करार वा दैनिक ज्यालादारीमा चिकित्सकहरुको नियुक्ति गर्नुको सट्टा स्थायी दरबन्दी बृद्धि गरी तत्काल लोकसेवा आयोगबाट स्थायी पदपूर्ति गर्न पनि संघले माग गरेको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.