Nepal's Trusted Health Online Portal

लकडाउनलाई थप कडाई गर्न सरकारको निर्देशन

Get real time updates directly on you device, subscribe now.

काठमाडौं । सरकारले लकडाउनलाई थप कडाई गर्न निर्देशन दिएको छ । गृहमन्त्रालयले सुरक्षा निकाय तथा जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिँदै लकडाउनलाई कडा पार्न भनेको हो ।

गृहले सुरक्षा निकाय तथा सबै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्र पठाएर पास बिनाको सवारी साधन आवतजावतमा रोक लगाउन निर्देशन दिएको छ । यसअघि शनिबार र आइतबार लकडाउन केही खुकुलो भएको थियो । सडकमा सवारी साधनको चाप पनि बढेको थियो ।

लकडाउन उलंघन बढेसंगै गृह मन्त्रालयले मातहतका सबैलाई लकडाउनलाई थप कडाई गर्न भनेपछि सुरक्षा निकायले लकडाउन उलंघन गर्नेलाई कारवाही अघि बढाएको छ । अत्यावश्य सेवाका लागि पास नचाहिने र पासको दुरुपयोग नगर्न पनि गृहले आग्रह गरेको छ ।

कोरोना संक्रमण व्यापक रुपमा फैलिन नपाउनुमा लकडाउन प्रभावकारी बनेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको ठम्याई रहेको छ । समितिले नै लकडाउन थप्न सरकारलाई सिफारिस गरेको थियो ।

सरकारले आज बैशाख १५ गते सम्मको पूर्वघोषित लकडाउनलाई लम्ब्याएर २५ गते सम्म पुर्‍याएको छ । नेपालमा दोस्रो संक्रमित पुष्टि भएसंगै गत चैत ११ गते देखी देशव्यापी लकडाउन हुँदै आएको छ । मुलुकमा कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण नभएका कारण लकडाउनलाई नै थप कडाई गर्ने मनसायमा सरकार छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.