काठमाडौं । नेपालमा बुधबार थप १ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । वीरगञ्जका एक पुरुषमा कोरोना भाइरसको संक्रमण भएको हो ।
यसअघि बुधबार बिहान वीरगञ्जमा नै ३ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको स्वाब परीक्षणबाट पिसिआर रिपोर्ट पोजिटिभ आएको हो । संक्रमितहरु २ जना बारा जिल्ला जितपुर सिमरा र सिम्रौनगढका क्रमशः ४३ र ३१ बर्षीय पुरुष तथा १ जना वीरगञ्ज छपकैयाका ४६ बर्षीय पुरुष हुन् ।
उनीहरु पनि दिल्लीमा भएको तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका मध्येका हुन् । संक्रमित यसअघि वीरगञ्ज इनरुवाका कोरोना संक्रमित संगै दिल्लीको मर्कजबाट फर्किएका थिए । आइतबार मात्रै पर्सा वीरगञ्जकै दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
संक्रमितहरुलाई अहिले वीरगञ्जको नारायणी अस्पताल लैजाने तयारी भइरहेको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८ पुगेको छ । संक्रमित मध्ये १६ जना भने निको भइसकेका छन् । अब नेपालमा जम्मा ४२ जना एक्टिभ संक्रमित रहेका छन् ।